काठमाडौं । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ ।
विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाइन्छ ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा पनि विभिन्न पार्टीका घटक संगठनहरुः अनेम संघ, महिला संघ, महिला अधिकारकर्मी लगाएतले र्याली, आमसभा एवं गोष्ठी आयोजना गरेर नारी दिवस मनाउँदै छन् ।
सरकारले नारी दिवस मनाउनकै लागि सार्वजनिक विदा समेत दिँदै आएको छ ।