प्रकाश सपुतको नयाँ गीत 'पिर' बजारमा, माओवादी पार्टीमा ल्यायो तरंग (भिडियो सहित)

प्रकाश सपुतको नयाँ गीत 'पिर' बजारमा, माओवादी पार्टीमा ल्यायो तरंग (भिडियो सहित)

२०७८, फाल्गुण २८ शनिवार

  • 2.8K
    SHARES

  • प्रकाश सपुतको नयाँ गीत 'पिर' बजारमा, माओवादी पार्टीमा ल्यायो तरंग (भिडियो सहित)

    काठमाडौं । प्रकाश सपुतको नयाँ गीत 'पिर' बजारमा आएको छ । 

    जनयुद्ध लडेका माओवादी घाईते र अपाङ्ग लडाकुको दुखान्त कथाको मार्मिक अवस्थाबारे गीतमा सरल ढंगले प्रस्तुत गरिएको छ ।

    जसले देशको व्यवस्था परिवर्तनका लागि लडे तर स्वयं उनीहरुको आफ्नै अवस्था पनि परिवर्तन नभएको कथा समेट्ने प्रयास गीतले गरेको छ । 

    करिव छ महिनाको मेहनत पश्चात गीत बजारमा ल्याउन सकिएको रचनाकार एवं गायक प्रकाश सपुतले जनाएका छन् । 

    शुक्रवार मात्र रिलिज भएको गीत हालसम्म छ लाख भन्दा बढीले हेरिसकेका छन् । 

    गीत
    तिम्रो मयाले मलाई पिर दियो, हो तिम्रो मयाले मलाई पिर दियो  
    कमलो मुटु कमलो छाति, वै कमलो मुटु कमलो छाति, चिर्दियो, चिर्दियो, तिम्रो मयाले मलाइ पिर दियो ।।

    २०७८, फाल्गुण २८ शनिवार०९:४२:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार