१७ वर्षपछि पक्राउ

१७ वर्षपछि पक्राउ

२०७७, पौष १६ बिहिवार

  • 1.3K
    SHARES

  • १७ वर्षपछि पक्राउ

    पौष १६, सप्तरी ।

    चोरीका अभियोगमा फरार रहेका एक अभियुक्त १७ वर्षपछि आज पक्राउ परेका छन् । गाउँघरमै रहेका अभियुक्त कञ्चनरुप नगरपालिका–५ का ३९ वर्षीय देवकान्त यादवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो ।

    अदालतले २०६० असोज २७ गते गरेको फैसलामा उनलाई दुई महिना २४ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिए ।

    स्वावलम्वन बैकिङ्ग शाखा कार्यालय रुपनीमा यादवसमेतले रहजनी चोरी गरेको भनी चलेको मुद्दामा अदालतले कैद सजायको फैसला गरेपछि यादव फरार थिए ।

    जिल्ला अदालतमा पेश भएका आरोपितलाई हाल राजविराज कारागारमा कैद भुक्तानका लागि पठाइएको प्रहरी निरीक्षक द्विवेदीले बताए । 

    २०७७, पौष १६ बिहिवार०७:२९:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार