काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन

काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन

२०७७, पौष १६ बिहिवार

  • 4.0K
    SHARES

  • काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन

    पौष १६, काठमाडौँ ।

    घोडाघोडी यातायात प्रालिले काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन गर्ने भएको छ । घोडाघोडी यातायात प्रालि र रुकुम पूर्व-पश्चिम यातायात प्रालिको वुधवार बसेको संयुक्त बैठकले काठमाडौँदेखि रुकुम पूर्वसम्म बससेवा सञ्चालन गर्ने निर्णय गरेको हो । 

    मुस्ताङको जोमसोम, मुक्तिनाथ, म्याग्दीको दर्वाङ, बागलुङमा बससेवा सञ्चालन गरेको घोडाघोडी यातायात प्रालिले पहिलोपटक मध्यपहाडी राजमार्ग हुँदै रुकुमपूर्व बससेवा सञ्चालन गर्न लागेको हो ।

    घोडाघोडी यातायात प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको चाहनालाई ध्यानमा राखेर काठमाडौँदेखि पोखरा, बागलुङ हुँदै रुकुमपूर्व बस सञ्चालन गर्न लागेको जानकारी दिए । बस काठमाडौँको नयाँ बसपार्कबाट छुट्ने छन् ।

    घोडाघोडी यातायात प्रालिमा हाल ३० बस सञ्चालनमा रहेका छन् । उक्त प्रालिका बस पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्दछन् ।  

    २०७७, पौष १६ बिहिवार०७:३३:३६
    प्रतिक्रिया
    सम्बन्धित समाचार