मोरङको लेटाङमा आज पनि कर्फ्यु जारी

मोरङको लेटाङमा आज पनि कर्फ्यु जारी

२०७८, चैत्र ८ मंगलवार

  • 1.2K
    SHARES

  • मोरङको लेटाङमा आज पनि कर्फ्यु जारी

    काठमाडौँ । प्रहरीकै ज्यान जाने गरी भएको मोरङको लेटाङमा मङ्गलवार पनि कर्फ्यु जारी छ।

    सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको हो।

    अवस्था हेरेर मात्रै कर्फ्यु हटाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

    लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको छ।

    यसअघि प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी तथा सशस्त्र प्रहरीका अधिकारीको टोलीले सोमबार घटनास्थलको स्थलगत जानकारी लिएको छ।

    मोरङ प्रशासनले थप अप्रिय घटना हुन नदिन सोमबार बिहानैदेखि लेटाङमा कर्फ्यु लगाए पनि दिनभर उक्त क्षेत्र तनावग्रस्त नै रह्यो ।

    प्रहरीले जवान श्रेष्ठको ज्यान लिनेलाई पक्राउ गर्न घर–घरमा खानतलासी गर्‍यो। स्क्रिनिङका क्रममा प्रहरीले एक दर्शन युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

    मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले सोमबार कर्फ्यु उल्लङ्घन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।

    खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठले ज्यान गुमाएकी थिइन्।

    २०७८, चैत्र ८ मंगलवार१०:०५:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार