पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना, समुद्री आँधी सुरु

पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना, समुद्री आँधी सुरु

२०७८, चैत्र ९ बुधवार

  • 973
    SHARES

  • पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना, समुद्री आँधी सुरु

    काठमाडौँ । नेपालको पूर्वी भागमा हावाहुरीसहित मध्यभाग सम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

    मौसमविद्का अनुसार भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरूप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको छ ।

    मौसमविद्हरूले ६० देखि ७० किलोमिटर प्रतिघण्टाको वेगमा चलिरहेको हावाले बङ्गालको खाडी र म्यानमारमा हाल ठुलो पानी पारिरहेको र दुई, तिन दिन अझै यसको वेग बढ्ने बताएका छन् ।

    यस आँधीको असर नेपालको पूर्वी भाग र उच्च हिमाली क्षेत्रमा पनि देखिने भएको छ । शुक्रवारसम्ममा पूर्वी भागमा असिना पानी र हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले जनाकारी दिएका छन् ।

    २०७८, चैत्र ९ बुधवार०७:०८:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार