पाँच वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

पाँच वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

२०७८, चैत्र १० बिहिवार

  • 933
    SHARES

  • पाँच वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ । देशका विभिन्न भागमा आज वर्षा हुने भएको छ । आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सफा रहनेछ ।

    विभागका अनुसार आज राति देशको पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सफा रहनेछ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

    २०७८, चैत्र १० बिहिवार०७:१८:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार