प्रदेश १ ले थप्यो तीन सार्वजनिक बिदा 

प्रदेश १ ले थप्यो तीन सार्वजनिक बिदा 

२०७८, चैत्र १० बिहिवार

  • 1.3K
    SHARES

  • प्रदेश १ ले थप्यो तीन सार्वजनिक बिदा 

    विराटनगर । प्रदेश नंं. १ सरकारले सङ्घीय सरकारले २०७९ सालका लागि स्वीकृत गरेको बाहेक प्रदेशमा तीन वटा सार्वजनिक बिदा थप गरेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले सात वटा महत्त्वपूर्ण निर्णय गर्दै भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द दिवसका दिन प्रदेशमा सार्वजनिक बिदा दिने भएको हो ।

    बैठकले असाध्य रोग लागेका २१ जना बिरामीको मागअनुसार उपचार खर्चबापत अनुदान दिने, अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वयसम्बन्धी कार्यविधि, २०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने र वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान–पहिलो संशोधन नियमावली २०७८’ स्वीकृत गरेको छ ।

    त्यसैगरी, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन र प्रदेश प्रज्ञाप्रतिष्ठान विधेयक, २०७८ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

    २०७८, चैत्र १० बिहिवार०७:३८:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार