वाग्मतीसहित पाँच पहाडी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना

वाग्मतीसहित पाँच पहाडी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना

२०७८, चैत्र ११ शुक्रवार

  • 797
    SHARES

  • वाग्मतीसहित पाँच पहाडी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना

    काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान भिागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।  

    विभागले आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

    प्रदेश १, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

    २०७८, चैत्र ११ शुक्रवार०७:२४:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार