पुर्वी नेपाल र बागमतीमा चट्याङसहित वर्षाको सम्भावना

पुर्वी नेपाल र बागमतीमा चट्याङसहित वर्षाको सम्भावना

२०७८, चैत्र १२ शनिवार

  • 857
    SHARES

  • पुर्वी नेपाल र बागमतीमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ।

    शनिवार प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

    आइतबार पनि प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

    त्यस्तै सोमबार प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

    २०७८, चैत्र १२ शनिवार०७:३०:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार