एक लाख म्यादी प्रहरीका लागि देशभरबाट झण्डै तेब्बर आवेदन 

एक लाख म्यादी प्रहरीका लागि देशभरबाट झण्डै तेब्बर आवेदन 

२०७८, चैत्र १२ शनिवार

  • 725
    SHARES

  • एक लाख म्यादी प्रहरीका लागि देशभरबाट झण्डै तेब्बर आवेदन 

    काठमाडौँ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि मागिएको १ लाख म्यादी प्रहरीमा झन्डै तेब्बर सङ्ख्यामा आवेदन परेको छ । शुक्रबार अन्तिम दिनसम्म २ लाख ९३ हजार २६३ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रधान कार्यालयले आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि चैत ६ देखि ११ सम्म म्यादी प्रहरी भर्ना खोलेको थियो । सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

    प्रधान कार्यालयका अनुसार चैत ९ गते सबभन्दा बढी ५८ हजार २२१ जनाले आवेदन दिएका थिए । त्यस दिन महिला ११ हजार २८६ र पुरुष ४६ हजार ९३५ जना छन् ।

    कुन प्रदेशमा कति मागिएको थियो ?

    यसअनुसार प्रदेश १ मा १७८३१, मधेसमा २१६९८, वाग्मतीमा १९३६३, गण्डकीमा १०६२५, लुम्बिनीमा १६०९८, कर्णालीमा ७७१३ र सुदूरपश्चिममा ९९३७ म्यादी मागिएको थियो । काठमाडौं उपत्यकामा भने ४७३५ जना मागिएको थियो ।

    २०७८, चैत्र १२ शनिवार०७:४४:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार