३१५८ सिपाही सहायक हवल्दार बन्दै

३१५८ सिपाही सहायक हवल्दार बन्दै

२०७८, चैत्र १४ सोमवार

  • 1.3K
    SHARES

  • ३१५८ सिपाही सहायक हवल्दार बन्दै

    काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दसौँ संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको चौथो सूची सार्वजनिक गरेको छ ।

    बढुवा समितिको आइतबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३१५८ जनालाई बढुवा सिफारिस गरेको हो । यसअघि शनिबारमात्रै तेस्रो सूचीमा १२०५ जनालाई बढुवा सिफारिस गरिएको थियो ।

    समितिले शुक्रबार ३२८७ जना र बिहीवार १७५२ जना सिपाहीलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको थियो ।

    तेस्रो सूचीमा २०६३ का एक जना सहित २०६७ सम्म भर्ना भएका प्रहरी जवानहरूलाई बढुवा सिफारिस गरिएको छ ।

    २०७८, चैत्र १४ सोमवार०७:४८:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार