उपत्यकामा बिहानैदेखि सिमसिम पानी, दिउँसो यी चार प्रदेशमा वर्षाको सम्भावना

उपत्यकामा बिहानैदेखि सिमसिम पानी, दिउँसो यी चार प्रदेशमा वर्षाको सम्भावना

२०७८, चैत्र १६ बुधवार

  • 757
    SHARES

  • उपत्यकामा बिहानैदेखि सिमसिम पानी, दिउँसो यी चार प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकामा मंगलवार तुवाँलोले ढाकी वर्षाको संकेत गरेको थियो ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ ।

    दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    बिहीबार प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

    २०७८, चैत्र १६ बुधवार०७:१७:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार