आजको मौसम : मेघ गर्जन र चट्याङसहित पहाडी भू-भागमा वर्षाको सम्भावना

आजको मौसम : मेघ गर्जन र चट्याङसहित पहाडी भू-भागमा वर्षाको सम्भावना

२०७८, चैत्र १७ बिहिवार

  • 873
    SHARES

  • आजको मौसम : मेघ गर्जन र चट्याङसहित पहाडी भू-भागमा वर्षाको सम्भावना

    काठमाडौँ । देशका विभिन्न भागमा पानी पर्ने भएको छ । विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने भएको हो ।

    आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

    आज राति प्रदेश १ लगायत वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    विभागका अनुसार प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

    २०७८, चैत्र १७ बिहिवार०७:३१:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार