एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

२०७८, चैत्र १८ शुक्रवार

  • 837
    SHARES

  • एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ ।
         
    वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानूनीरूपमा बढुवा गरेको उल्लेख गर्दै विहिवार डिआइजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गरेका हुन् ।  

    विहिवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । 

    उक्त निर्णयविरुद्ध तीन रिट निवेदन सर्वोच्च अदालतमा पुगेको छ । त्यसमध्ये एक दर्ता भएको छ भने दुई दर्ता हुने प्रक्रियामा रहेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार डिआइजी कार्कीको रिट दर्ता भएको छ । 

    आइतबारका लागि पेसी तोकिएको छ । डिआइजी घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीको पनि रिट निवेदन अलि ढिला आएको हुनाले दर्ता हुने प्रक्रियामा रहेको छ । 

    २०७८, चैत्र १८ शुक्रवार०७:५०:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार