मौसम : देशको मध्यभाग सम्मै केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

मौसम : देशको मध्यभाग सम्मै केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

२०७८, चैत्र १८ शुक्रवार

  • 877
    SHARES

  • मौसम : देशको मध्यभाग सम्मै केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ । भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । प्रभावका कारण शुक्रवार बिहान प्रदेश १, मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ ।

    दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    शनिवार प्रदेश १,बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    २०७८, चैत्र १८ शुक्रवार०८:११:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार