उपत्यकासहित तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

उपत्यकासहित तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

२०७८, चैत्र २२ मंगलवार

  • 781
    SHARES

  • उपत्यकासहित तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ । देशका केही भू-भागमा आज पानी पर्ने सम्भावना रहेको छ ।

    प्रदेश-१ को पहाडी भू-भागका केही स्थानका साथै वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    प्रदेश– १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ ।

    विभागका अनुसार आज राति प्रदेश-१ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    प्रदेश-१ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

    २०७८, चैत्र २२ मंगलवार०७:१८:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार