काठमाडौं । नापी कार्यालय, चावहिल १ नं नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्वेक्षक बिनोद के.सी. र अमिन प्रकाश राज भट्ट घुस सहित रंगेहात पक्राउ परेका छन्।
जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले निजहरुलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
उनीहरुलाई उक्त घुस रकम सहित ललितपुर महानगरपालिका वडा नं ५ लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।