भक्तपुर । सुन्दर हरियाली नगरी भक्तपुरको सल्लाघारीमा औद्योगिक एवं सांस्कृतिक व्यापार मेला आयोजना हुने भएको छ ।
सँधैझैं नयाँ वर्षको अवसर पारेर संचालन हुने मेला भोलि चैत्र २४ गते उद्घाटन गरिने युवा समाजसेवी एवं मेला संयोजक दिपक थापाले बताए ।
मेलामा औद्योगिक व्यापार एवं प्रवर्द्धन, भक्तपुरका प्राचिन सांस्कृतिक अध्ययन - अनुसन्धान र जगेर्ना गर्न प्रचार प्रसार गरिनुका साथै नयाँ वर्ष २०७९ का अवसरमा बालबालिका देखि बृद्ध सम्मलाई नृत्य, गायन, खेल, लगाएतका विविध विधाहरुबाट भरपुर मनोरञ्जन प्रदान गर्ने गरि तयारी सम्पन्न गरिएको थापाको भनाई छ ।
चैत्र २४ गते देखि बैशाख ४ गते सम्म संचालन हुने मेला औद्योगिक शान्ति समाज नेपाल र मध्यपुर ब्वाइज बेण्डको संयुक्त आयोजनामा हुँदैछ ।
मेला उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले भोलि (विहिवार) मध्यान्ह १२ः४५ बजे गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।