पल शाहलाई थुनामा राख्न अदालतको आदेश

पल शाहलाई थुनामा राख्न अदालतको आदेश

२०७८, चैत्र २४ बिहिवार

  • 3.0K
    SHARES

  • पल शाहलाई थुनामा राख्न अदालतको आदेश

    काठमाडौँ । जिल्ला अदालतले किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

    न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधवार शाहलाई मुद्दाको किनारा लगाउने समयसम्म तनहुँमै थुनामा राख्न आदेश दिएको हो । तनहुँबाट आएको सुरक्षाकर्मीको टोलीले बुधवार राति ९ बजे शाहलाई तनहुँ लगेको छ ।

    जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार शाहलाई अदालतको आदेशअनुसार मुद्दा सुरुवात भएको तनहुँ प्रहरी हिरासतमा पठाइने जानकारी दिएका छन् ।

    अभिनेता शाहले एक वर्षअघि गैँडाकोटमा सुटिङका क्रममा किशोरीलाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा किटानी जाहेरी परेको थियो । जाहेरीका आधारमा प्रहरीले शाहलाई चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान थालेको हो ।

    २०७८, चैत्र २४ बिहिवार०७:२४:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार