देशैभर निर्वाचन अधिकृत फेरबदल, ७१ जना नयाँ 

देशैभर निर्वाचन अधिकृत फेरबदल, ७१ जना नयाँ 

२०७८, चैत्र २४ बिहिवार

  • 1.0K
    SHARES

  • देशैभर निर्वाचन अधिकृत फेरबदल, ७१ जना नयाँ 

    काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृत फेरबदल गरेको छ ।

    आयोगले ७१ निर्वाचन अधिकृतलाई परिवर्तन गर्दै नयाँ निर्वाचन अधिकृतमा खटाएको हो ।

    विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको जनाएको निर्वाचन आयोगले नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन भनेको छ ।

    यस्तै १६ जना निर्वाचन अधिकृतलाई एक स्थानीय तहको निर्वाचन अधिकृतबाट अर्को स्थानीय तहको निर्वाचन अधिकृतमा खटाउने गरी संशोधन पनि गरिएको आयोगले जनाएको छ ।

    २०७८, चैत्र २४ बिहिवार०७:३०:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार