काठमाडौँ । सरकारले रामनवमीको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज (शनिबार) सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय चैत्र २४ गतेको बैठकले गरेको उल्लेख गरेको छ ।