मौसममा स्थानीय र पश्चिमी वायुको प्रभाव, आज देशका पहाडी भू-भागमा पानी पर्न सक्ने

मौसममा स्थानीय र पश्चिमी वायुको प्रभाव, आज देशका पहाडी भू-भागमा पानी पर्न सक्ने

२०७८, चैत्र २८ सोमवार

  • 1.1K
    SHARES

  • मौसममा स्थानीय र पश्चिमी वायुको प्रभाव, आज देशका पहाडी भू-भागमा पानी पर्न सक्ने

    काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भेगका आंशिक बदली रहेको तथा बाँकी ठाउँमा मौसम सफा रहेको छ ।

    आज दिउँसो र राति प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    अबको २४ घण्टामा पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । साथै पश्चिम तराईका भू-भागमा केही गर्मी बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    २०७८, चैत्र २८ सोमवार०७:४३:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार