सुर्के थैलीमा लुकाई राखेको एक किलो ४२२ ग्राम चरेससहित एक पक्राउ

सुर्के थैलीमा लुकाई राखेको एक किलो ४२२ ग्राम चरेससहित एक पक्राउ

२०७८, चैत्र २८ सोमवार

  • 1.5K
    SHARES

  • सुर्के थैलीमा लुकाई राखेको एक किलो ४२२ ग्राम चरेससहित एक पक्राउ

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट प्रहरीले आइतबार एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार चरेससहित पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–२ का २६ वर्षीय मानराम धामीलाई पक्राउ गरिएको हो ।

    पक्राउ परेका धामीबाट प्रहरीले से ४प ९५११ नंको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ ।

    मोटरसाइकलमा जाँदै गरेका धामीमाथि शङ्का लागि जाँच गर्दा सुर्के थैलीभित्र कालो प्लास्टिकमा पोका पारेर लुकाइराखेको अवस्थामा चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक शाहको भनाइ छ ।

    पक्राउ परेका धामीमाथि प्रहरीले कानुनबमोजिम थप अनुसन्धानको कार्य भइरहेको जनाएको छ ।

    २०७८, चैत्र २८ सोमवार०८:१२:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार