देशैभर पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

देशैभर पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

२०७८, चैत्र २९ मंगलवार

  • 821
    SHARES

  • देशैभर पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ । देशका विभिन्न भागमा आज(मंगलबार) वर्षाको सम्भावना रहेको छ।

    आज दिउँसो प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

    विभागका अनुसार आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश नं. १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।

    २०७८, चैत्र २९ मंगलवार०७:२७:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार