भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु, बुबाआमा घाइते

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु, बुबाआमा घाइते

२०७८, चैत्र २९ मंगलवार

  • 1.7K
    SHARES

  • भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु, बुबाआमा घाइते

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । दुर्घटनामा बालिकाका बुबाआमा घाइते भएका छन् । 

    काभ्रेपलाञ्चोकको साँगाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ६७६२ नंको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ की चार महिनाकी लोसाङ तामाङको मृत्यु भएको हो ।

    दुर्घटनामा बालिकाका बुबा २२ वर्षीय बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता तामाङ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 

    मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । घाइते बालिकाको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते तामाङ दम्पती उपचारपछि घर फर्केका छन् । 

    २०७८, चैत्र २९ मंगलवार०३:२२:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार