पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

२०७८, चैत्र ३० बुधवार

  • 917
    SHARES

  • पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ । आज बिहान देशको अधिकांश भूभागमा आंशिक बदली रहेको छ।

    पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    दिउँसो देशका विभिन्न स्थानमा सामान्य स्थानको मौसम बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा भने मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    २०७८, चैत्र ३० बुधवार०७:३९:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार