फोहर  वर्गीकरण नगरे पाँच सय जरिवाना

फोहर  वर्गीकरण नगरे पाँच सय जरिवाना

२०७९, बैशाख २ शुक्रवार

  • 1.0K
    SHARES

  • फोहर  वर्गीकरण नगरे पाँच सय जरिवाना

    काठमाडौ। काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै  वर्गीकरण गर्न  आग्रह गरेको छ ।

    वर्गीकरण नगरिएका  फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर  कारवाहीस्वरुप प्रतिव्यक्ति रु ५०० जरिवानासमेत गर्ने जनाइएको छ ।  

    कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्नुपर्ने हुन्छ  । 

    कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ ।  

    पछिल्लो समय कामपालगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैत मा १२ दिन उपत्यकाको फोहर सडकमा नै थुप्रिएको थियो ।

    २०७९, बैशाख २ शुक्रवार०४:२८:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार