सशस्त्र डिआइजी अर्याल एआईजीमा बढुवा सिफारिस

सशस्त्र डिआइजी अर्याल एआईजीमा बढुवा सिफारिस

२०७९, बैशाख ५ सोमवार

  • 1.2K
    SHARES

  • सशस्त्र डिआइजी अर्याल एआईजीमा बढुवा सिफारिस

    काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक(डिआइजी) राजु अर्याल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

    आइतबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

    बढुवाका लागि चार डिआइजीले योग्यताका प्रमाणपत्र पेस गरेका थिए । जसमध्ये वरियताको पहिलो नम्बरमा रहेका अर्याललाई सिफारिस गरिएको हो ।

    बढुवाका लागि अर्यालसहित नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशी दाहालले निवेदन दिएका थिए ।

    यससँगै एआईजीमा बढुवा सिफारिस भएका अर्याल आइजिपी बन्ने बाटो समेत खुलेको छ । 

    २०७९, बैशाख ५ सोमवार०७:५३:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार