रहेनन् वडासदस्य सत्याल

रहेनन् वडासदस्य सत्याल

२०७९, बैशाख ५ सोमवार

  • 3.0K
    SHARES

  • रहेनन् वडासदस्य सत्याल

    काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ ।

    विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

    उहाँले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाउनुभएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी हुनुभएको थियो ।

    उहाँ काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । -रासस । 

    २०७९, बैशाख ५ सोमवार०८:११:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार