देशका पहाडी भू-भागमा आंशिक बदली सहित हल्का वर्षाको सम्भावना

देशका पहाडी भू-भागमा आंशिक बदली सहित हल्का वर्षाको सम्भावना

२०७९, बैशाख २० मंगलवार

  • 1.1K
    SHARES

  • देशका पहाडी भू-भागमा आंशिक बदली सहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा तीन वटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । प्रदेश नम्बर–१ को एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागमा मौसम सामान्यता सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    २०७९, बैशाख २० मंगलवार०७:५९:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार