तीन वटा मौसमी प्रणालीका कारण देशैभर हल्का वर्षा हुने

तीन वटा मौसमी प्रणालीका कारण देशैभर हल्का वर्षा हुने

२०७९, बैशाख २१ बुधवार

  • 965
    SHARES

  • तीन वटा मौसमी प्रणालीका कारण देशैभर हल्का वर्षा हुने

    काठमाडौँ । नेपालमा हाल तीन वटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाडौं उपत्यकाका केही स्थानमा आज एकाबिहान वर्षा भएको छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका केही र तराई भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश नम्बर १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    २०७९, बैशाख २१ बुधवार०७:२०:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार