चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

२०७९, बैशाख २४ शनिवार

  • 973
    SHARES

  • चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

    काठमाडौँ । आज देशका चार प्रदेशमा दिउँसो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार दिउँसो गण्डकी, बागमती, मधेस र प्रदेश १ मा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।

    हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तमिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ।

    हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    भोलि (आइतबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी भू-भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९, बैशाख २४ शनिवार०८:२४:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार