काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीयतहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता,संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरूकटिबद्ध हुनुपर्ने बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् शनिबारआयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू,जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा उपत्यका एवम् प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताएका हुन्।
निर्वाचनलाई निष्पक्ष एवम् भयरहित तवरले सम्पन्न गराउन आफ्नो व्यावसायिकताप्रदर्शन गर्ने अवसरको रुपमा लिनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनकोसुरक्षामा खटिने सबै प्रहरी अधिकृत तथा जवानहरूले निर्भिकता र व्यावसायिकताका साथ जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गरे ।
निर्वाचन लक्षित गतिविधिहरूमा सीमित साधनस्रोतका वावजूद नेपाल प्रहरीले उत्कृष्ट कार्य गरिरहेको चर्चा गर्दै आउँदा दिनमा आउन सक्नेचुनौतिलाई समाधान गर्न आवश्यक सुरक्षा योजना, रणनीति तय गरी अन्य सुरक्षा निकायसँगआवश्यक सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
सबै प्रदेशको आ-आफ्नो विशिष्टता अनुरुप आवश्यक सुरक्षा योजना बनाउँदा सुरक्षाव्यवस्था अझै प्रभावकारी हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले विगतमा भएका सफलअभ्यासहरूलाई पछ्याउँदै सबै प्रदेश प्रहरी कार्यालयहरुले एकआपसमा समन्वय र सहकार्यगर्नुपर्ने बताए ।
कार्यालय प्रमुखहरूले निर्वाचनको सुरक्षाका लागि खटिने प्रहरी अधिकृततथा जवानहरूलाई आफ्नो जिम्मेवारी सम्बन्धी आवश्यक विफ्रिङ गर्नुको साथै निर्वाचनकासमयमा हुन सक्ने सम्भाव्य घटना हुन नदिन कानुनसम्मत कारबाही गर्नुपर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक सिंहले सिमावर्ती क्षेत्रमा हुन सक्ने तस्करी लगायतका आपराधिकक्रियाकलापलाई नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने उल्लेख गर्दै आपराधिक क्रियाकलापमासंलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी दायरामा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै सहभागी प्रहरीकार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।