कामनपा–७ मा कृष्णमणि र उनको पार्टीका उम्मेदवारहरू नै किन ?

कामनपा–७ मा कृष्णमणि र उनको पार्टीका उम्मेदवारहरू नै किन ?

२०७९, बैशाख २६ सोमवार

  • 1.8K
    SHARES

  • कामनपा–७ मा कृष्णमणि र उनको पार्टीका उम्मेदवारहरू नै किन ?

    काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नं.७ मा नेकपा (एमाले) ले स्थानीय युवा नेता कृष्णमणि भट्टराईलाई वडाध्यक्षमा उठाएको छ । त्यसरी नै महिला सदस्यमा अनिता शाक्य, दलितमा चनाकुमारी दर्जी र अन्य दुई सदस्यमा दीपेन्द्र पुडासैनी र सरस्वती कार्कीलाई उठाएको छ । 

    यस वडामा कृष्णमणि र उनको टिमको उम्मेदवारीसँगै त्यसको चर्चा पनि निकै बढेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको यस टिमले सहजै विजय हासिल गर्ने आँकलन स्थानीय बासिन्दाले गर्न थालेका छन् । 

    ७ नं. वडामा नेकपा एमालेका एकसेएक योग्य नेताहरू छन् । तथापि, एमालेले यस पटक कृष्णमणि भट्टराईलाई अगाडि सारेको छ । कतिपयलाई कृष्णमणि भट्टराई नै किन भन्ने पनि लागेको हुनसक्छ । खोतल्ने हो भने त्यसका केही खास कारणहरू पनि भेटिन्छन् । 

    रसिला, हँसिला र फरासिला कृष्णमणि सधैँ सक्रिय रहने युवा हुन् । विद्यालय तहदेखि नै राजनीतिमा सक्रिय उनी सामाजिक कार्यहरूमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । समाजसेवा र जनसेवामा समर्पित रहेकै कारण उनी जनतामा पनि लोकप्रिय रहँदै आएका छन् । राजनीतिक काम र सामाजिक काममा निरन्तर सक्रिय रहेकै कारण उनी कामनपा–७ मा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षका उम्मेदवार बन्न पुगेका छन् ।

    कृष्णमणि भट्टराई यस वडाका चिरपरिचित युवा नेता हुन् । आफ्नो राजनीतिक यात्राका क्रममा उनी पाँच वर्षअघि, २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा अध्यक्ष पदमा आकांक्षी हुँदाहुँदै पनि पार्टी निर्णय स्विकार्दै यस वडामा नेकपा (एमाले) का तर्फबाट सदस्य पदका उम्मेदवार थिए । त्यस निर्वाचनमा उनले लोकप्रिय मत ल्याएर विजय हासिल गरेका थिए ।

    वडा सदस्यमा निर्वाचित भएपछि उनले एउटा जिम्मेवार जनप्रतिनिधिका रूपमा आफ्ना कामहरूलाई अगाडि बढाए । पाँच वर्षको आफ्नो कार्यकालमा उनले आफूलाई जनसेवी र विकासप्रेमी जनप्रतिनिधिका रूपमा स्थापित गराएका छन् । यस अर्थमा पनि कृष्णमणि भट्टराई अहिलेको निर्वाचनमा सशक्त उम्मेदवारका रूपमा प्रस्तुत हुन पुगेका छन् । 

    कृष्णमणि भट्टराईले विगत पाँच वर्षमा वडा नं. ७ को जननिर्वाचित प्रतिनिधिको भूमिकालाई वडा सदस्यको तहसम्ममात्र सीमित गराएनन् । उनले स्थानीय जनताको हित र वडाको विकासका लागि सङ्घीय सरकारका सम्बद्ध नियकायहरूलाई समेत घचघच्याएर विकास निर्माणका कामहरू सम्पन्न गर्ने कुरामा महत्वपूर्ण भूमिका खेलेका छन् ।

    स्थानीय वडाबासी जनताका सामान्य समस्यादेखि वडाभित्रका ठूल्ठूला समस्याहरूको समाधानमा आफूलाई सफल जनप्रतिनिधि साबित गर्ने काम कृष्णमणिले गरेका छन् । वडा नं. ७ मा उनको उम्मेदवारीलाई यस सफलतासँग पनि दाँजेर हेर्ने गरिएको छ । 
    कृष्णमणि भट्टराई जनतामा भिजेका राजनीतिक एवम् सामाजिक कार्यकर्ता हुन् । उनी जनप्रतिनिधिका रूपमा निर्वाचित नहुँदाको अवस्थामा पनि स्थानीय जनताका सुखदुःखका साथी थिए ।

    कसैलाई पनि कुनै समस्या परेको वा दुःखको अवस्थामा त्यसमा सहयोग पु¥याउनु र समस्याको समाधान गर्नुलाई उनी आफ्नो कर्तव्य ठान्थे । जनप्रतिनिधिका रूपमा निर्वाचित भइसकेपछि उनको त्यो भूमिका झनै विस्तारित बनेको छ । वडाबासीका जस्तासुकै समस्यालाई गम्भीर चासोका साथ लिने र तिनको समाधानमा मरिमेटेर लाग्ने अनि समाधान गरेरै छाड्ने स्वभावकै कारण पनि कृष्णमणि चर्चामा रहने गरेका छन् ।

    13.jpg

    समग्रमा भन्नुभर्दा कृष्णमणि निर्वाचित वडा सदस्यको रूपमा विगत पाँच वर्षको कार्यकालमा आफूलाई जनसेवा र विकासप्रति समर्पित कार्यकर्ताको रूपमा उभ्याउन सफल भएका छन् । उनको त्यस सफलताले पनि उनलाई यसपटक वडाध्यक्षको उम्मेदवार बन्नमा बल पु¥याएको देखिन्छ ।

    कृष्णमणि भट्टराई ७ नं. वडामा ज्यादै सरल स्वभावका युवानेताका रूपमा सुपरिचित छन् । जनताका कुनै पनि दुःख र समस्यामा सहभागी हुन पाउँदा उनी खुशी मान्छन् । जनताका दुःख र समस्याको निवारण गर्न पाउँदा उनी रमाउँछन् । वडाबासी जोसुकैले आफूलाई कुनै समस्या परेको कुरो फोनबाट बताउँदा उनी ती वडाबासीलाई कार्यालय समयमा वडा कार्यालयमा आउन भनेर भन्दैनन् ।

    वडाबासीको समस्या सुन्ने बित्तिकै उनी आफैँ दौडिएर समस्यामा परेका ती वडाबासीको घरैमा पुग्ने गर्छन् । उनी वडाबासीका समस्यालाई आफ्नै समस्या ठानेर त्यसको निवारण गर्ने गर्छन् । र, उनलाई भन्ने गरिएको छ 'एम्बुलेन्स जनप्रतिनिधि' अर्थात दुखकष्ट हुने वित्तिकै एक फोनमा उपलव्ध हुने दुःखशुखको साथी ।

    त्यतिमात्र हैन निम्नवर्ग देखि उच्चवर्ग सम्म, श्रमिकदेखि साहुमहाजन सम्म, युवाविद्यार्थी देखि पेशाकर्मी सम्मले उनलाई सरल र जुझारुपनका असल मानिस भनेर बुझिरहेका र ठोस विकासका कार्यको अपेक्षा गरेका स्थानिय मिनु पोखरेलको विश्लेषण छ ।    

    उनको यस किसिमको सरल र जनसेवी भावनाका कारण पनि उनी र उनको पार्टीका अन्य उम्मेदवारको विजयलाई सुनिश्चित गराएको छ ।    

    कृष्णमणि भट्टराई पढेलेखेका, जानेबुझेका र अनुभवी युवानेता हुन् । उनमा राजनीतिक एवम् सामाजिक कामको अनुभव प्रचुर छ । विगत पाँच वर्षको अनुभवले उनलाई यस वडाको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा दरो आत्मबल प्रदान गरेको छ । त्यही आत्मबलमा उनले यस वडाको विकास र समृद्धिको दृढ अठोट बोकेका छन् ।

    आफ्नो नेतृत्वको पाँच वर्षको कार्यकालमा वडाको मुहार फेर्ने प्रतिज्ञा कृष्णमणिले गरेका छन् । उनका समूहमा रहेका सदस्य पदका अन्य उम्मेदवारहरूले पनि यही प्रतिज्ञा गरेका छन् । एमालेको स्थानीय पार्टी कमिटीले पनि यही प्रतिज्ञा गरेको छ । यही प्रतिज्ञा पनि वडा नं. ७ मा एमालेको विजयको द्योतक बन्न पुगेको देखिन्छ । 

    कृष्णमणि यस वडाका जनताको सेवा र वडाको विकासप्रति जति जिम्मेवार भएर वडाध्यक्षको उम्मेदवार बनेका छन्, त्यस्तै जिम्मेवारीबोधका साथ खडा भएका छन् उनको पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवारहरू । उनको समूहमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेर कलेज पढाइरहेका दीपेन्द्र पुडासैनीजस्ता बौद्धिक युवासमेत उम्मेदवार रहेका छन् भने चनाकुमारी दर्जी, सरस्वती कार्की र अनिता शाक्यजस्ता सङ्घर्षशील महिलाहरूसमेत उनको समूहमा रहेका छन् ।

    एउटा अत्यन्तै सक्षम समूहको नेतृत्व कृष्णमणिले गरेका छन् । यस अर्थमा काठमाडौँ महानगरपालिकाको वडा नं.७ मा नेकपा (एमाले) का युवानेता कृष्णमणि भट्टराई र उनको पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित बनेको देखिन्छ ।

    यो पनि पढ्नुहोस् - काठमाडौं ७ का एमाले उमेदवार कृष्णमणि भट्टराईलाई जनताको भव्य स्वागत र समर्थन     

    २०७९, बैशाख २६ सोमवार०९:०१:३४

    लक्ष्मण शर्मा

    प्रतिक्रिया
    सम्बन्धित समाचार