मूर्ति चोरेको अभियोगमा वडा सदस्य पक्राउ

मूर्ति चोरेको अभियोगमा वडा सदस्य पक्राउ

२०७७, पौष १९ आइतवार

  • 1.5K
    SHARES

  • मूर्ति चोरेको अभियोगमा वडा सदस्य पक्राउ

    पौष १९, चितवन ।  

    मूर्ति चोरेको अभियोगमा चितवनको रत्न नगरनगरपालिकाबाट वडा सदस्यसहित तीन जना पक्राउ परेका छन् ।

    सत्ताइस किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–१२ का वडा सदस्य ठूलोकान्छा तामाङ, रत्ननगर–१२ कै सुरज तामाङ र रत्ननगर–११ का रोजबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो । पुस १६ गते पक्राउ परेका उनीहरुलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

    उनीहरुले रत्ननगर–१२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाएर राखिएको अवस्थामा अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको पित्तलको मूर्ति बरामद भएको इलाका टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए ।

    उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । दोषी ठहर भए उनीहरुलाई  पाँचदेखि १५ वर्षसम्म कैद हुनसक्ने कार्कीले जानकारी दिए । 

    २०७७, पौष १९ आइतवार०७:४२:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार