खजुरा गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित

खजुरा गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित

२०७९, जेठ ४ बुधवार

  • 1.6K
    SHARES

  • खजुरा गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित

    नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् ।

    गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर र नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा १० हजार ३४ मत ल्याएर निर्वाचित भएको खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

    विकका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले नौ हजार १३७ मत पाएका थिए । उपाध्यक्षमा मल्लले निकटतम् प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशालाई पराजित गरेका थिए । उनले ८ हजार ९१ मत ल्याएका थिए ।

    विसं २०७४ को स्थानीय निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको थियो । ८ वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले ५, कांग्रेसले २ र एमालेले १ वडामात्रै जितेको छ ।

    अहिलेसम्म बाँकेमा राप्तीसोनारी र डुडुवा गाउँपालिकाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।

    २०७९, जेठ ४ बुधवार०४:१४:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार