नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने पक्राउ

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने पक्राउ

२०७७, पौष २० सोमवार

  • 3.7K
    SHARES

  • नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने पक्राउ

    पौष २०, काठमाडौं । 

    कोभिड–१९ को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका प्रहरीले जनाएको छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पिसिआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । उनीहरुको विषयमा अहिले महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको उनले बताए । 

    पिसिआर रिपोर्ट नक्कली भएको आशङ्कामा विमानस्थल प्रहरीले उनीहरुलाई रोकी अनुसन्धानका लागि गाँशाला पठाएको थियो । पछि परीक्षण गर्दा पिसिआर रिपोर्ट नक्कली भएको पाइएको विष्टले जानकारी दिए । उनीहरु फ्लाई दुबईको उडानबाट विदेश जान लागेको बुझिएको छ । 

    २०७७, पौष २० सोमवार०८:३३:०३
    प्रतिक्रिया
    सम्बन्धित समाचार