श्रीमती हत्याका दोषी पुर्व डिआईजी कोइराला पक्राउ

श्रीमती हत्याका दोषी पुर्व डिआईजी कोइराला पक्राउ

२०७९, जेठ १४ शनिवार

  • 1.3K
    SHARES

  • श्रीमती हत्याका दोषी पुर्व डिआईजी कोइराला पक्राउ

    काठमाडौँ । श्रीमती हत्यामा दोषी ठहर भई जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइराला शुक्रबार काठमाडौँको बानेश्वरबाट पक्राउ परेका छन् । 

    कानूनी परामर्श गरिहेको अवस्थामा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 

    उनका अनुसार दुई दिन बिदा रहेकाले फैसला कार्यान्वयनका लागि सोमबार उनलाई अदालतमा पेस गरिनेछ । बिहीबार मात्रै सर्वोच्च अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो । 

    यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे आठ वर्ष जेल सजाय बसेमा मक्सद पूरा हुने फैसला गरेपछि विसं २०७७ मा कोइराला जेलबाट छुटेका थिए । 

    उक्त आदेश उल्ट्याउँदै कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टङ्क मोक्तान र डा कुमार चुडालको इजलासले बिहीबार जन्मकैद (२० वर्ष कैद) को फैसला सुनाएको थियो ।

    फैसला गरेको भोलिपल्टै आज साँझ ६ः३० बजे उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । कोइरालाले विसं २०६८ मा पत्नी गीता ढकालको हत्या गरेका थिए ।

    २०७९, जेठ १४ शनिवार०८:३४:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार