सगरमाथाबाट शिवपुराणको नेपाली र अङ्ग्रेजी संस्करण सार्वजनिक

सगरमाथाबाट शिवपुराणको नेपाली र अङ्ग्रेजी संस्करण सार्वजनिक

२०७९, जेठ १९ बिहिवार

  • 1.2K
    SHARES

  • सगरमाथाबाट शिवपुराणको नेपाली र अङ्ग्रेजी संस्करण सार्वजनिक

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ । 

    भगवान् शिवको बासस्थान हिमालयमध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा बद्री पोखरेलले  जानकारी दिए । पोखरेलले दुवै पुस्तक संस्कृतबाट नेपाली र अङ्ग्रेजीमा अनुवाद गरेका हुन् ।

    अङ्ग्रेजी शिवपुराण छुवाङ काल्देन शेर्पाले र नेपाली शिवपुराण लाक्पा डेन्डी शेर्पाले २०२२ मे १३ मा सगरमाथाको चुचुरोबाट अनावरण गरेका हुन् । अठार महापुराणमध्येको हिन्दूहरूको पवित्र ग्रन्थ सगरमाथाबाट अनावरण हुनु सुखद् सौभाग्यको विषय भएको बताइन्छ ।

    अध्यात्मज्ञानमा आस्था र श्रद्धा भएकाका लागि यो अत्यन्त महत्वपूर्ण कार्य भएको जनाइएको छ । यो काम सम्पन्न गर्न थामसेर्कु टे«िकङ एण्ड एक्स्पीडिसनका अध्यक्ष सोनाम शेर्पा, व्यवस्थापक अञ्जन राई र नीमा नोरु शेर्पाले सहयोग गरेको लेखक पोखरेलले बताए ।

    उनले १८ वटै पुराण नेपाली भाषामा अनुवाद गरिसकेको जानकारी पनि दिए ।

    २०७९, जेठ १९ बिहिवार०५:४९:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार