बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

२०७९, आषाढ ३ शुक्रवार

  • 981
    SHARES

  • बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

    रोल्पा । एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन ।

    बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।

    गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    २०७९, आषाढ ३ शुक्रवार१२:०८:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार