समाजवादलाई सहज ढङ्गले बुझ्न र बुझाउन जरुरी छ : अध्यक्ष ओली

समाजवादलाई सहज ढङ्गले बुझ्न र बुझाउन जरुरी छ : अध्यक्ष ओली

२०७९, आषाढ ३ शुक्रवार

  • 1.0K
    SHARES

  • समाजवादलाई सहज ढङ्गले बुझ्न र बुझाउन जरुरी छ : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादलाई सहज ढङ्गले बुझ्न र बुझाउन जरुरी रहेको बताएका छन् । 

    काठमाडौँमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाको समापन समारोहमा अध्यक्ष ओलीले नेपालमा समाजवाद भनेको सुखी नेपाली र समृद्ध नेपाल भएको बताए । 

    उनले जनप्रतिनिधिहरूले सही नीतिको कार्यान्वयन र प्रचार गर्नुपर्ने, देश बनाउनका लागि पार्टीको आवश्यकता भएको भन्दै विकासका उद्देश्य परिपूर्ति गर्नका लागि काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए ।

    उनले, जनप्रतिनिधिहरू अनुशासित बन्दै जनताको सेवामा लाग्नुपर्ने उल्लेख गरे । 

    नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव समेत पारित गरेको छ ।

    samajbad-1.png

    २०७९, आषाढ ३ शुक्रवार०३:५६:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार