पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन

पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन

२०७९, आषाढ ४ शनिवार

  • 1.3K
    SHARES

  • पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन

    मुग्लिन । पहिरौका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।

    वर्षासँगै चितवनको इच्छाकामना–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो । पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुइतर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हँुदैआएको हो ।

    २०७९, आषाढ ४ शनिवार०८:१८:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार