गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

२०७९, आषाढ ४ शनिवार

  • 705
    SHARES

  • गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

    सुदूरपश्चिम । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताएका छन् ।  
     
    धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानसम्बन्धी विधेयक ल्याएर गेटा मेडिकल कलेज सञ्चालन गरिने बताए । उनले भने, “गेटा मेडिकल कलेज सञ्चालनको माग उठ्दा मलाई खुसी लागेको छ ।”
     
    गौरीफन्टा नाकामार्फत् व्यापारलाई सहज बनाउन पहल गरिने प्रधानमन्त्री देउवाले बताए । नेपाल–भारत सीमा भइ बग्ने मोहना नदीले दुवै देशको भूमि कटान गर्ने गरेको उल्लेख गर्दै उनले कटान रोकथामका लागि पहल गरिने बताए । धनगढीलाई व्यवस्थित र सुन्दर नगरका रुपमा विकास गर्न जग्गा अतिक्रमण रोकथामका साथै वनजङ्गलको संरक्षण जरुरी भएको प्रधानमन्त्री देउवाको भनाइ थियो । 
      
    नेपाल सङ्घीयतामा गएकाले विकासका गतिविधि स्थानीय तह र प्रदेशबीच समन्वय, सहकार्य गरी संयुक्तरुपमा अघि बढ्न जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे । जनताका काम छिटोछरितो ढङ्गले गर्नुपर्नेमा भोलि भोलि भनेर टार्ने प्रवृत्ति बढ्दै गएकामा उनले चिन्ता व्यक्त गरे । 

     

    २०७९, आषाढ ४ शनिवार०५:०७:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार