मन्त्री आलेद्वारा प्रसिद्ध शक्ति पीठ बडिकेदारको पदमार्ग शिलान्यास

मन्त्री आलेद्वारा प्रसिद्ध शक्ति पीठ बडिकेदारको पदमार्ग शिलान्यास

२०७९, आषाढ ५ आइतवार

  • 821
    SHARES

  • मन्त्री आलेद्वारा प्रसिद्ध शक्ति पीठ बडिकेदारको पदमार्ग शिलान्यास

    डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले प्रसिद्ध शक्ति पीठ बडिकेदारको पदमार्ग शिलान्यास गरेका छन् ।

    उनले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रसिद्ध शक्ति पीठ एवं धार्मिक पर्यटकीय स्थल बडिकेदारमा तीर्थयात्रीका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गरेका हुन् ।

    उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गरेसँगै शनिबार शिलान्यास गरेको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिए । उनका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरूको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागिएको हो ।

    २०७९, आषाढ ५ आइतवार०७:२९:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार