जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

२०७९, आषाढ ५ आइतवार

  • 1.3K
    SHARES

  • जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

    रुकुमपश्चिम। रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का छन् ।

    जिपमा चालक र सहचालक मात्र रहेको जनाइएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।

    २०७९, आषाढ ५ आइतवार०७:३९:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार