काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

२०७९, आषाढ ५ आइतवार

  • 713
    SHARES

  • काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

    काठमाडौं। काठमाडौं महानगरपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।

    दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ ।

    सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९/८० को बजेट आउने छ ।

    स्वतन्त्र उम्मेदवार बनेर राजनीतिक दलका उम्मेदवारलाई हराउँदै मेयर पद जितेका मेयर बालेन्द्र साह ९बालेन०को नेतृत्वमा कस्तो नीति तथा कार्यक्रम र बजेट आउला भन्ने चासो रहेको छ ।

    नगर सभामा मेयर साह अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दलबाट उम्मेदवार बनेर चुनिएका जनप्रतिनिधिहरुको साथ चाहिने छ ।

    यसैबीच नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान काठमाडौँ महानगरपालिकाको कार्यपालिकाको बैठक बसेको थियो ।

    अघिल्ला बैठकहरु लाइभ गर्दै आएको महानगरपालिकाले आजको बैठक भने लाइभ गरेन ।

    बैठक अनौपचारिक भएकाले पनि लाइभ नगरिएको मेयर साहको सचिवालयले जनाएको छ ।

    २०७९, आषाढ ५ आइतवार११:३२:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार