अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई पुनः बोलाउने 

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई पुनः बोलाउने 

२०७९, आषाढ ५ आइतवार

  • 1.0K
    SHARES

  • अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई पुनः बोलाउने 

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः समितिको बैठकमा  बोलाउने भएको छ ।

    समितिको आजको बैठकमा प्रधानमन्त्री देउवा उपस्थित नभएपछि समितिले प्रधानमन्त्री देउवालाई पुनः बोलाउने निर्णय गरेको हो ।

    कहिले बोलाउने भन्ने मिति तय नभए पनि प्रधानमन्त्रीको आसन्न संयुक्त राज्य अमेरिकाको भ्रमणका सम्बन्धमा छलफल गर्ने गरी समय मिलाएर प्रधानमन्त्रीलाई बोलाइने समितिका सभापति पवित्रा निरौला(खरेल)ले  जानकारी दिइन् ।

    प्रधानमन्त्री देउवाले अन्तिम समयमा बैठकमा आउन नसक्ने जानकारी गराएका थिए ।

    बैठकमा सत्ता पक्षका सांसद्हरुको असहमतिबीच समिति सभापति खरेलले बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित हुनुलाई अनुचित भएको  निर्णय पढेर सुनाए ।

    समितिको आजको बैठकमा नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको आसन्न  संयुक्त राज्य अमेरिकाको भ्रमणका सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको थियो ।

    बैठकमा प्रतिपक्षी दलका सांसद्हरुले समितिमा राष्ट्रिय हितको महत्त्वपूर्ण विषयमा छलफल हुँदा प्रधानमन्त्री नआएको भन्दै आपत्ति प्रकट गरे । 

    सांसद्हरुले समिति मिनी संसद् भएकाले बैठकमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनु प्रधानमन्त्रीको दायित्व हुने उल्लेख गरे । 

    सत्ता पक्षका सासंद्हरुले प्रधानमन्त्रीले समितिको बैठकमा उपस्थित  हुन नसक्ने जानकारी गराइसके पछि कार्यसूची परिवर्तन गर्नु पर्नेमा  कार्यसूचीको निरन्तरता दिनु सभापतिको  कार्यशैली पूर्वाग्रही भएको भन्दै आपत्ति जनाए ।

    २०७९, आषाढ ५ आइतवार०३:५९:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार