काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ८६२ जनाको पीसीआर परीक्षणमा २० जना र २ हजार ५२ जनाको एन्टीजेन परीक्षणमा ८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १० जना सङ्क्रमण मुक्त भएका छन् भनेलसङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा शुन्य मृत्यु भएको छ भने यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ लाख ४७ हजार ५५४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् चने हाल नेपालमा १२० जना सक्रिय सङ्क्रमित छन् ।