प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे 

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे 

२०७९, आषाढ ७ मंगलवार

  • 761
    SHARES

  • प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे 

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ।

    बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ।

    आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ।

    संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

    तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ।

    आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

    २०७९, आषाढ ७ मंगलवार०७:५८:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार